Friday, February 18, 2011

Nepal's Indigenous Peoples Federation to hold national conference

18 February 2011


Nepal Federation of Indigenous Nationalities (NEFIN) will organize a two-day national conference in Kathmandu from 21-22 February to work out common issues of indigenous peoples to ensure their rights in the new constitution of the country. "The national conference will prepare a common concept paper of rights of indigenous peoples and their popular issues that Nepal's new constitution should ensure," according to a statement on NEFIN website. It further states that NEFIN will then press to get the concept paper addressed in the new constitution. The conference will be attended by representatives 56 indigenous groups' organizations of Nepal and NEFIN affiliated district and village facilitation councils and indigenous peoples' organizations. Nepal's Prime Minister will inaugurate the program.



दुई दिने बृहत राष्ट्रिय सम्मेलनमा संम्बन्धि जारी ......PDFPrintE-mail


Friday, 18 February 2011 04:21
मिति २०६७÷११÷६

नेपाल आदिवासी जनजाति महासंघको फागुन ९ र १० गते
दुई दिने बृहत राष्ट्रिय सम्मेलनमा संम्बन्धि जारी
प्रेस विज्ञप्ती

उपरोक्त सम्बन्धमा संविधानमा सुनिश्चित गर्नु पर्ने आदिवासी जनजातिका अधिकार लगायत आदिवासी जनजातिका साझा सवालहरु संम्बन्धि साझा अवधारण तयार पार्ने र तयार भएको अवधारणपत्रलाई संविधानमा संम्बोधनका लागि दवाबकारी भूमिका निर्वाह गर्ने उदेश्यले आदिवासी जनजाति महासंघले ५६ जातिय संस्था ७ संम्बन्धन ६८ जिल्ला समन्वय परिषद र ३५०० गाउँ समन्वय परिषदहरुको प्रतिनिधि तथा आदिवासी जनजाती संघसस्थांहरुको सहभागितामा दुई दिने बृहत राष्ट्रिय सम्मेलन आयोजना गरेकोछ । वृहत् राष्ट्रिय सम्मेलनको उदघाटन सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले गर्नु हुनेछ ।

उक्त राष्ट्रिय सम्मेलनलाई संम्बोधनका लागि समाननिय सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङ एकिकृत नेकपा माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराई नेपाली काग्रेस वरिष्ठ नेता भू।पू। प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय जनशक्ती पार्टीको अध्यक्ष भू।पू प्रधानमन्त्री सूर्य वहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा मधेसी जनअधिकार फोरमा लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदार मधेशी जनअधिकार फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव लगायत अतिथि वक्ताहरुले आमन्त्रित गरिएकोछ ।
कार्यक्रम तालिक

२०६७ फागुन ९ गते झाँकीसहितको र् याली जुलुस
स्थान ः भद्रकाली मन्दिर सहिदगेट छेउ काठमाडौं
समय ः बिहान ११ बजे
सहभागीता ः सम्पूर्ण जातिय सम्बन्धन प्राप्त संगठन जिल्ला समन्वय परिषदहरु गाउँ समन्वय परिषदहरु र आदिवासी जनजातिसंग संम्बन्धित संघसंस्थाहरुले आ-आफ्नो व्यानर झण्डा नारा अंकित प्लेकार्ड सहि जातिय पोशाकमा उपस्थिति हुनेछन्


२०६७ फागुन ९ गते झाँकीसहितको र् याली जुलुस
उदघाटन समारोह राष्ट्रिय सम्मेलन
स्थान ः राष्ट्रिय सभागृह
समय ः दिनको १ बजे

२०६७ फागुन १० गते
राष्ट्रिय सम्मेलन
स्थान ः राष्ट्रिय सभागृह
समय ः विहान १० बजे
http://www.nefin.org.np/press-release/618-2011-02-18-04-22-39.html

Wednesday, February 2, 2011

आदिवासी जनजाति पुनःसूचीकरणका वैज्ञानिक आधार

Posted on 2011-01-30

दिलीपसिंह कुलुङ
ढिलै भए पनि नेपाल सरकारले लामो समयदेखि जातीय सूचीकरणका लागि आन्दोलनरत २० भन्दा बढी आदिवासी जनजाति समूहहरूको मागलाई ध्यानमा राखेर समाजशास्त्री डा. ओम गुरुङको संयोजकत्वमा आदिवासी जनजाति पुनःसूचीकरण उच्चस्तरीय कार्यदल गठन गरेको छ । यस अवस्थामा कार्यदलका सदस्यहरू, सूचीकृत ५९ जाति र सूचीकरणका लागि आन्दोलनरत २० भन्दा बढी आदिवासीहरूबीच कुन-कुन समूहलाई जाति मान्ने ? आदिवासी जनजाति हुनका लागि आवश्यक मापदण्ड के केलाई मान्ने ? यससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरू के-के छन् ? भन्ने सम्बन्धमा बृहत् र वैज्ञानिक अध्ययन र बहस चलाइनु आवश्यक छ ।

आदिवासी जनजाति समुदायहरू कुलुङ, बाहिङ, लोहङ, घले लगायतका २० भन्दा बढी पृथक् विशेषता भएका आदिवासी जनतातिलाई सूचीकरणको लागि पहल गर्दागर्दै पाखा लगाइनु, एउटै जातिलाई धेरै जातिमा सूचीकरण गर्नु, पिm जस्ता जातै नभएका जातिलाई हचुवाको भरमा सूचीकरण गर्नु जस्ता अपारदर्शी र अदूरदर्शिता कारणले गर्दा २०५८ को प्रतिष्ठानको आदिवासी जनजातिको सूची आदिवासी इतिहासमै सबभन्दा बढी विवादको विषय बन्यो । आदिवासी जनजातिभित्रैका छोटे राजाहरूका कारण २०५८ मा कतिपय आदिवासीलाई अन्यायपूर्वक पाखा लगाउने काम गरिएको थियो ।

एक्काइसौं शताब्दीको युगमा आफ्नै देशमा यसरी पहिचानको सङ्घर्ष गरिरहनु राष्ट्रकै लागि दुर्भाग्यको कुरा हो । २०५८ मा नै तत्कालीन अध्ययन कार्यदलले बृहत्तर वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आदिवासी जनजातिको परिभाषा तथा मूल्य मान्यताका आधारमा सबै आदिवासी जनजातिलाई सम्मानपूर्वक पहिचान र सूचीकरण गरेको भए यो झमेला राज्यले वर्तमान अवस्थामा झेलिरहनु पर्दैनथ्यो ।
डा. ओम गुरुङ संयोजकत्वको कार्यदलले तयार गर्न लागेको सूची पनि त्यस्तै नहुन सक्छ भन्न सकिन्न । त्यसकारण २०५८ को तत्कालीन अध्ययन कार्यदलले गरेको असमान सूचीकरणको परिणामबाट सृजित समस्या र चुनौतीबाट पाठ सिकेर सूचीकरणको मुद्दामा अगाडि बढ्नु कार्यदलको सच्चा बुद्धिमत्ता ठहरिनेछ यसबाटै भविष्यमा आदिवासी सूचीकरणसम्बन्धी कुनै विवाद कतैबाट आउनसक्दैन ।

आदिवासी जनजाति पुनःसूचीकरणको चर्चा व्यापक भइरहँदा वैज्ञानिक आधारमा सूचीकरण गरिनुपर्दछ भन्नेमा प्रायः सबै आदिवासी समुदायहरू एकमत देखिन्छन् । तर ती वैज्ञानिक आधारहरू चाहिं के के हुन् त ? भन्ने कुरामा भने प्रशस्त मतभिन्नता र अन्योल पाउन सकिन्छ । यहि प्रश्नको सेरोफेरोमा रहेर आदिवासी पुनः सूचीकरणसम्बन्धी अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित आदिवासी जनजातिको परिभाषा र मूल्यमान्यताका बारेमा प्रकाश पार्ने उद्देश्यले लेख तयार गर्ने जमर्को गरिएको छ ।

२०५२ सालमा प्राध्यापक सन्तबहादुर गुरुङको संयोजकत्वमा बनेको एक कार्यदलले तत्कालीन सरकारलाई आदिवासी जनजाति प्रतिष्ठान स्थापनाको लागि एक अध्ययन प्रतिवेदन पेस गरेको थियो तर तत्कालीन सरकारले उक्त प्रतिवेदनलाई लत्याउँदै करिब दुई वर्ष पछाडि राष्ट्रिय जनजाति विकास समिति अस्थायी रूपमा स्थापना गर्न आदेश जारी गरेको थियो । निरन्तर आदिवासी जनजातिको माग र दबाबका कारण नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना २०५८ मा भएरै छाड्यो । प्रतिष्ठानले कुलुङलगायत अरु समुदायको पहिचानलाई बेवास्ता गर्दै ५९ आदिवासी जनजातिलाई मात्रै आˆनो सूचीमा समावेश गर्‍यो ।

उक्त २०५८ मा स्थापना भएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐनको परिच्छेदको धारा २-क) अनुसार ’आदिवासी जनजाति’ आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा लिखित इतिहास भएको जाति वा समुदाय सम्झनुपर्छ भनेर भनिएको छ । प्रतिष्ठानको यो परिभाषा आदिवासी विज्ञहरूको दृष्टिकोणबाट अपूरो रहेको देखिन्छ । आदिवासी जनजातिको मुख्य परिचायक भनेको ऐतिहासिक भूमि हो तर प्रतिष्ठानको ऐन २०५८ मा भूमि भन्ने शब्द कतै पनि समावेश गरिएको छैन’ भन्नुहुन्छ आदिवासी जनजाति गैर सरकारी संस्था महासङ्घका कार्यकारी निर्देशक इन्द्र कुलु्ङ । स्वयं प्रतिष्ठानको सूचीमा सूचीकृत कतिपय आदिवासी जनजातिहरू यो ऐनको मर्म विपरीत समावेश गरिएका छन् जस्तै राई । राई कुनै जात विशेष होइन केवल पगरी मात्रै हो । त्यस्तै अर्को पिm जाति समावेश गरिएको छ जुन जात नेपालमै छैन । यस्तै लापरवाहीको कारण प्रतिष्ठानको छवि आदिवासी जनजाति समुदायमा खस्किँदै गइरहेको छ ।

आदिवासी जनजाति महासङ्घको विधानमा भने भूमिको कुरा समेटिएको छ तर महासङ्घले असूचीकृत आदिवासी जनजातिहरूलाई सदस्यता नदिएर आफ्नो असली रूप देखाइसकेको छ । आदिवासी जनजाति महासङ्घले आफ्नो विधानमा ’आदिवासी जनजाति’ भन्नाले ’नेपालको खास कुनै एक भूभागमा बसोवास गर्ने वा आफूलाई पहिलो वा पहिलोमध्येको वा मूल बासिन्दाको रूपमा स्थापित गर्ने वा अनादिकालेखि बसोवास गर्दै आएका भिन्न उत्पत्ति, जाति, भाषा, संस्कृति भएको, राज्य र शासनसत्तामा निणर्ायक भूमिका खेल्नबाट वञ्चित तथा आफ्नो पुख्र्यौली भूमिलाई भौतिक-अभौतिक विकासको स्रोत मान्ने तर वर्तमान राज्यको निर्माण हुँदा उत्पीडित तथा विस्थापित गरिएका जो आफ्नो पहिचान र सांस्कृतिक सम्पदाहरूलाई आफ्नो भावी पुस्तामा सुरक्षितरूपमा हस्तान्तरण गर्न चाहने तथा आफूहरूलाई आदिवासी समुदाय भन्ने समुदायहरूलाई जनाउँछ’ भनी उल्लेख गरेको छ ।

आदिवासी जनजातिसम्बन्धी अन्तर्राष्ट्रिय परिभाषाहरूमा संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक जे. एम. कोबोको परिभाषा मननयोग्य छ । उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ’आदिवासी समुदायहरू, जनता तथा राष्ट्रहरू ती हुन् जो पूर्व आक्रमण, पूर्व-उपनिवेशकालदेखि ऐतिहासिक निरन्तरता रहेका समाजहरू हुन् जो तिनीहरूका भूक्षेत्रहरूमा विकसित भएका थिए र तिनीहरू अन्य क्षेत्र समाजभन्दा विशिष्टताको बोध गर्छन् र वर्तमानमा आफ्ना भूक्षेत्रहरू या त्यसका आंश्ािक क्षेत्रहरूमा बसोवास गरिरहेका छन् । हाल तिनीहरू गैर-प्रभुत्व समाजको क्षेत्रमा रहेका छन् । तिनीहरूको संरक्षण, विकास तथा तिनीहरूका निरन्तर अतिस्त्वको आधारको रूपमा आफ्नै सांस्कृतिक संरक्षकत्व, सामाजिक संस्था तथा परम्परागत कानुनमा आधारित रही जातीय पहिचान र परम्परागत भूक्षेत्रहरूको पुस्तान्तरण गर्न कटिबद्ध छन् ।’

यसैगरी अन्तराष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ ले आदिवासी जनजातिहरूको परिभाषाको बारेमा धारा १.१-क) को अनुसार ’स्वतन्त्र देशहरूमा ती आदिवासी जनजातिमा जसका सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाहरूले उनीहरूलाई राष्ट्रिय समुदायका अन्य नागरिकभन्दा पृथक् बनाउँछ, जसको अवस्था उनीहरूको आफ्नै परम्परा वा रीतिरिवाज वा विशेष कानुन वा नियमहरूद्वारा पूर्णतः वा आंशिक रूपले नियन्त्रित हुन्छ’ भनिएको छ ।
यसै सन्धिको धारा १.१-ख) अनुसार ’स्वतन्त्र ती देशका जनतामा लागू हुन्छ जो कुनै देश वा उक्त देश सम्बन्धित भौगोलिक क्षेत्रमा विजय वा औपनिवेशीकरण वा वर्तमान राज्य सीमाको स्थापनाको कालभन्दा पहिलेदेखि नै बसोवास गरेका कारण आदिवासी मानिन्छन् र जसले आफ्नो कानुनी अवस्थाका वावजुद आफ्ना केही वा सबै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संस्थाहरू कायम राखेका छन् ।’

आदिवासी जनजाति पुनःसूचीकरण कार्यदलले यी माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आदिवासी जनजाति परिभाषाहरूलाई आत्मसात् गर्दै आम आदिवासी जनजाति समुदायहरूको पहिचान र स्वाभिमानलाई ठेस नपुग्ने गरी सबैलाई समान न्याय हुनेगरी स्वतन्त्र अध्ययन तथा अनुसन्धान गर्नुपर्दछ । किनभने उल्लिखित आदिवासी जनजातिसम्बन्धी परिभाषाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित परिभाषाहरू हुन् जुन विश्वभरि जातीय पहिचानको प्रमुख वैज्ञानिक आधारका रूपमा मानिएको छ ।
२०५८ को आदिवासी सूची विवादित बन्नुको कारण के थियो भने यी माथिका स्थापित मान्यताहरूलाई बेवास्ता गर्दै तत्कालीन अध्ययन कार्यदलका सदस्यहरूले कुनै विषगत तथा वस्तुगत मापदण्डहरूमाथि सत्यतथ्य अध्ययनै नगरी सूची तयार गरेका थिए । जसले गर्दा पहिचान नपाएका आदिवासी जनजातिहरू राज्यको मूलप्रवाहीकरणबाट विमुख भए । सूचीकरणकै नाममा भविष्यमा नेपालका कुनै पनि आदिवासी जनजाति समुदायले आन्दोलन गर्नु नपरोस् ।
Published on Gorkhapatra Daily

http://www.lahurnip.com/details.php?id=40

जलवायु परिवर्तनः चुनौती थपिँदैछ


Posted on 2011-01-30

दीलिपसिंह कुलुङ
जलवायु परिवर्तनका विषयमा सबैभन्दा पहिले सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी शिखर सम्मेलनमा व्यापक बहस भएको थियो । जसको परिणामस्वरूप जलवायु परिवर्तनसम्बन्धी महासन्धिको जन्म हुन पुग्यो । अमेरिकाले पहिलो औपचारिक सहमति जनाएको थियो । उक्त जलवायु परिवर्तनसम्बन्धी महासन्धिको मर्मअनुसार औद्योगिक शक्ति राष्ट्रहरूलाई स्वेच्छिक हरित गृह ग्यास कटौतीको लागि आहृवान गरिएको थियो तर प्रमुख शक्ति राष्ट्र अमेरिका र जापान जस्ता मुलुकहरू त्यसको बेवास्ता गर्न थाले । जसको फलस्वरूप औद्योगिक राष्ट्रहरूलाई हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न बाध्यकारी सन्धि सन १९९७ मा जापानको क्युटोमा १८० राष्ट्रले पारित गर्न पुग्यो । त्यसलाई नै क्युटो प्रोटोकल भनिन्छ ।
जलवायु परिवर्तनसम्बन्धी क्युटो प्रोटोकलमा नेपालले सहमति जनाएर उक्त सन्धिको पक्ष राष्ट्र भइसकेको छ । तर नेपाल सरकारले वर्तमान समयसम्म जलवायु परिवर्तन रोकथाम र नियन्त्रणको कुनै कार्ययोजना अगाडि बढाएको देखिन्न । नेपाल सरकारले उक्त क्युटो प्रोटोकलमा हस्ताक्षर गर्न जति तत्परता देखायो त्यति नै यसको कार्यान्वयनमा पनि चासो र जागरुकता देखाएको भए नेपालमा जलवायु परिवर्तनको असर केही मात्रामा न्यूनीकरण गर्न सकिन्थ्यो । नेपालले यस्ता अन्तर्राष्ट्रिय कानुनी सन्धिहरूमा सहमति जनाउन जति अग्रसरता देखाउँछ, त्यत्ति नै मात्रामा कार्यान्वयन प्रक्रियामा पनि अग्रसरता देखाउन सके राम्रै हुन्थ्यो ।

जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्या दिनानुदिन बढ्दै गएको छ । वैज्ञानिकहरूको अध्ययन र विश्लेषणअनुसार विश्वका ठूला ओद्योगिक शक्ति राष्ट्रहरूले हरित गृह ग्यास उत्सर्जनमा न्यूनीकरण नगर्नाले तापमान अभिवृद्धि भई यस प्रकारको समस्या उत्पन्न हुन गएको हो । ओद्योगिक शक्ति राष्ट्रहरूको कारणले यस्तो समस्या सृजना भए पनि यसको नकारात्मक असर र प्रभाव भने अधिकतम मात्रामा नेपाल जस्ता विश्वका अर्धविकसित मुलुकका नागरिकहरूमाथि पर्न गएको देखिन्छ । भर्खरै संयुक्त राष्ट्र सङ्घका भूतपूर्व महासचिव कोफी अन्नानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा प्रतिवर्ष तीन लाख मानिसको मृत्यु जलवायु परिवर्तनको असरले हुने गर्दछ । अन्नानको प्रतिवेदनले मृत्यु हुनेहरू सबै अविकसित मुलुकका नागरिक हुन् भनेर देखाएको छ । जलवायु परिवर्तन संसारका विकसित शक्ति राष्ट्रहरूको कारण उत्पन्न भएको समस्या हो । हरित गृह ग्यास उत्सर्जनमा शक्ति राष्ट्रहरूले अहम भूमिका खेलेरहेका छन् । यसको अत्यधिक सिकार भने विश्वका अविकसित मुलुकका नागरिकहरू भइरहेका छन् ।

नेपालमा पनि जलवायु परिवर्तनको असर पर्याप्त मात्रामा देखिन थालेको छ । इन्डिकेटरको रूपमा नेपालको हिमाली क्षेत्रमा प्रतिवर्ष ०.६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिउँ पग्लिन सुरु हुनु, हिमतालहरूको अवस्था कमजोर हँुदै जानु, स्वच्छ पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या देखा पर्नु, दुई हजार मिटरको उच्चाइसम्म लामखुट्टे देखा पर्नु, हिमालका आदिवासी चराहरू लोप हुँदै जानु, तराई भेगका पशुपक्षी तथा कुनै कुनै जनावर पहाडी भेगमा देखा पर्नु, महामारी र हैजा जस्ता रोग फैलिँदै जानु, विनाशकारी आँधी र बाढी आउनु, सिमसार क्षेत्रहरू सुक्दै जानु, नदीनालाको सतह घट्दै जानु आदि प्रस्तुत गर्न सकिन्छ । हावापानी परिवर्तनको दृष्टिले नेपाल अत्यन्त संवेदनशील क्षेत्र हो । नेपाल हिमाली राज्य भएकोले हिमालको हिउँ पग्लिएर जाने क्रम रोक्न सकिएन भने अहिले देखिएका सेताम्य हिमाल कालो चट्टानमा रुपान्तरित हुन खासै लामो समय कुर्नु पर्दैन । जसले गर्दा स्वच्छ खानेपानीको हाहाकार उत्पन्न हुने, पृथ्वीको पर्यावरणीय प्रणाली पूर्ण रूपमा बिथोलिन गई सिङ्गो नेपाल मात्र नभई विश्वमा नै असर पर्न जान्छ ।
क्युटो प्रोटोकलको आयु सन २०१२ सम्म मात्र भएको हुनाले प्रमुख रूपमा हरित गृह ग्यास उत्पादन गर्ने अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलिया जस्ता विश्वका शक्ति औद्योगिक राष्ट्रहरू बाध्यात्मक होइन कि स्वेच्छिक समाधानको बहसमा अल्भिmएको देखिन्छ । त्यस्ता औद्योगिक शक्ति राष्ट्रहरूले अत्यधिक मात्रामा उत्पादन गर्ने हरित गृह ग्यास नै जलवायु परिवर्तनको प्रमुख कारक तत्वको रुपमा मानिएको छ । जलवायु परिवर्तनमा मुख्य भूमिका कार्बन्डाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रो अक्साइड फ्लोराइड जस्ता ग्यासको रहेको हुन्छ । विश्वका ठूलो औद्योगिक राष्ट्रहरूले खनिज ऊर्जा र इन्धन अत्यधिक मात्रामा आफ्नो सवारी साधन, उद्योग तथा कलकारखानाहरू र प्रविधिजन्य क्षेत्रमा प्रयोग गर्नाले माथि उल्लेखित ग्यासहरूको उत्पादन हुने गर्दछ । जसले हरित गृहमा नकारात्मक प्रभाव पार्दै जाने, परिणामस्परूप पृथ्वीको सन्तुलित जलवायु प्रणालीमा परिवर्तन भई पृथ्वीको तापक्रम बढ्ने र त्यसको ठाडो सिकार अविकसित मुलुकका नागरिकहरूलाई पर्न जाने वैज्ञानिहरूको अध्ययनले देखाउँदै आएको छ ।

क्युटो प्रोटोकलअन्तर्गत रहेको क्लिन डेभेलपमेन्ट मेकानिज्म ९ऋम्ः० अनुसार विश्वका औद्योगिक शक्ति मुलुकहरूबाट आफूले नवीकरणीय ऊर्जाको प्रयोग, स्वच्छ ऊर्जाबाट सञ्चालित सवारी साधनको प्रयोग, उद्योगहरूमा ऊर्जाको न्यून प्रयोग, वनसंरक्षण र जलविद्युत्को माध्यमबाट कार्बनको उत्पादन कम गरेवापत केही हदसम्म सहयोग पाउन सक्ने अवस्था छ । जसलाई कार्बनको व्यापार पनि भन्ने गरिन्छ ।
विश्वका अर्धविकसित होस् या पूर्ण विकसित सबै राष्ट्र सरकारले आफ्नो—आफ्नो देशमा कार्यक्रम कार्यान्वयन गर्नु जरुरी देखिन्छ । नत्र यो विश्व चाँडै मरुभूमिमा परिणत हुने खतरालाई नकार्न सकिन्न ।
नेपालमा कार्बन ग्यास कम गर्नु प्रमुख भूमिका बायोग्लासले निर्वाह गर्दै आएको पाइन्छ । नेपालले एक तथ्याङ्कअनुसार बायोग्यासलाई प्रोत्साहन गर्न सके प्रतिवर्ष ४५ लाख डलर कमाउन सक्ने देखिन्छ ।

जलवायु परिवर्तन न्यूनीकरण गर्ने सम्बन्धमा नेपाल सरकार मौन रहँदै आएको छ । यसको नियन्त्रणका लागि नेपाल सरकारले खासै चासो दिएको देखिन्न । नेपालको लागि मात्र नभएर विश्व समुदायकै लागि यो चुनौतीको विषय बन्दै गइरहेको छ । जलवायु परिवर्तनकै कारण नेपालले प्रशस्त प्राकृतिक तथा जैविक विविधता तथा पर्यावरणीय वस्तु गुम्दै गएका छन् । कुनै कुनै रूपमा नेपाल सरकारले जलवायु परिवर्तनको रोकथामको बारेमा पहलकदमी काम गर्नै पर्दछ । नत्र हाम्रो प्राकृतिक स्रोत साधन संरक्षणको अभावमा विस्तार विस्तार विनाशतर्फ धकेलिने छौँ । जसबाट हामी आफै पनि अछुतो रहन सक्दैनौँ ।
जलवायु परिवर्तनको राष्ट्रिय अनुकूल कार्यक्रम -नापा) विश्वका नेपाल जस्तै ३८ वटा अविकसित मुलुकले तयार पारिसकेका छन् । तर नेपालले अझै तयार पार्न सकेको छैन । जुन हामी नेपालीका लागि दुर्भाग्यको विषय हो । जसको कारण नेपालले कार्बन कम उत्पादन गरे वापत अन्तर्राष्ट्रिय समुदायबाट पाउनु पर्ने सहयोगमा समेत असर पर्नसक्छ ।

विश्व समुदाय जलवायु परिवर्तनको असरबारे सचेत हुनुपर्ने बेला आएको छ । यही अनुपातमा जलवायु परिवर्तनले निरन्तरता पाउने हो भने यस पृथ्वीमा मानवलगायत सम्पूर्ण प्राणी जगत्को अस्तित्व खतरामा पर्ने निश्चित देखिन्छ । राजधानी काठमाडौँमा सय वर्ष यता सबैभन्दा बढी ३६ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको समाचार बाहिर आएका छन् । यो प्रत्यक्ष जलवायु परिवर्तनको असर हो । जलवायु परिर्तनको असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले तुरुन्त विशेष योजना तर्जुमा गरी बायोग्यासको अधिक प्रयोगमा प्रोत्साहन, जैविक तथा सम्पूर्ण पर्यावरणीय विविधताको दीर्घकालीन व्यवस्थापन, प्राङ्गारिक खेतीमा प्रोत्साहन, स्थानीय बोटबिरुवाको वृक्षरोपण आदि कुराहरूमा जोड दिन सक्नु पर्दछ ।
अमेरिका, अस्ट्रेलिया, जापान र क्यानाडा जस्ता औद्योगिक शक्ति राष्ट्रहरूले पनि जलवायु परिवर्तनलाई विनाशर्त आत्मसात गरी यसको रोकथामको लागि सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापतर्फ पाइला चाल्नु पर्दछ । यसैमा विश्व समुदायको भलो हुनेछ ।
Published on Gorkhapatra  Daily


http://www.lahurnip.com/details.php?id=39

विश्व आदिवासी आन्दोलन


Posted on 2011-01-30

 
 
दिलीपसिंह कुलुङ
 
 
 
विश्वका ७० देशका ७० करोडभन्दा बढी आदिवासी जनजातिको गाँस, वास, कपासलगायत आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा अन्य भौतिक विकासका पूर्वाधारहरूको अवस्था कमजोर रहेको छ । संयुक्त राष्ट्रसङ्घले केही दशकदेखि आदिवासी जनजातिको अवस्था सुधार र उनीहरूको अधिकार स्थापनाका लागि प्रयास गर्दै आएको छ । यसैक्रममा विश्वका आदिवासी जनजातिका बाध्यतालाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९० को डिसेम्बर १८ मा एक प्रस्ताव पारित गरी सन् १९९३ लाई अन्तर्राष्ट्रिय आदिवासी वर्षका रूपमा मनाउने घोषणा गर्‍यो ।
संयुक्त राष्ट्रसङ्घीय कार्यालय जेनेभामा सन् १९८२ मा आदिवासी जनजातिसम्बन्धी बसेको पहिलो औपचारिक बैठकको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा अगस्ट ९ लाई विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस तथा सन् १९९३ को जुन महिनामा अस्टि्रयाको भियनामा सम्पन्न विश्व मानवअधिकार सम्मेलनद्वारा पारित घोषणापत्रको भावना अनुरूप राष्ट्रसङ्घीय साधारणसभाले १९९५-२००४ लाई पहिलो आदिवासी दशकको रूपमा मनाउने घोषणा गर्‍यो । अहिले पहिलो विश्व आदिवासी दशक समाप्त भइसकेको र दोस्रो विश्व आदिवासी दशक घोषणा भइसकेको अवस्था छ । विश्वका आदिवासी जनजातिका समस्या र अधिकारका सवालहरू प्रभावकारी रूपमा पहिलो विश्व आदिवासी दशकद्वारा अपेक्षाकृतरूपमा समाधान र सम्बोधन गर्न नसकिएको र ज्यूँका त्यूँ रहेकाले संयुक्त राष्ट्रसङ्घ दोस्रो विश्व आदिवासी दशक सन् २००५-२०१४ सम्मलाई घोषणा गर्न पुग्यो ।
विश्व आदिवासी जनजाति आन्दोलनको विश्वभरि आˆनै पृथक मौलिकता रहेको छ । उनीहरूका समस्या प्नि पृथक्-पृथक् रहेको छ । आदिवासी जनजाति अधिकारहरूका बारेमा विश्वका विभिन्न राज्य सरकारहरू सकारात्मक नदेखिएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिको अधिकार स्थापनाका लागि तथा विश्व आदिवासी जनजाति आन्दोलनलाई दिशाबोध गर्न पहलकदमी गर्दै आइरहेको छ । यसैको परिणाम नै विश्व आदिवासी दिवस, वर्ष र दशकको घोषणा गरिनु हो । साथै विश्व नै यतिखेर आदिवासी जनजाति आन्दोलनमय भएको छ । अहिले एक्काइसौँ शताब्दीमा आएर भर्खर आˆनो अधिकार के हो भन्ने कुरा चाल पाउँदैछन् विश्वका आदिवासी जनजातिहरू । यसैबाट अड्कल लाउन सकिन्छ कि विश्वका विभिन्न देशका आदिवासी जनजातिको समग्र जीवन अवस्था कति दयनीय थियो होला ? त्यसो त विश्व आदिवासी जनजाति आन्दोलनको गति वर्तमान अवस्थामा पनि सन्तोषजनकरूपले अगाडि बढेको पाइन्न तर पनि विगतको जस्तो शून्य अवस्थामै चाहिँ होइन ।
विश्व आदिवासी आन्दोलनलाई नजिकबाट विश्लेषण गर्दार् केही उपलब्धि हासिल भएको देखिन्छ । आदिवासी जनजातिको स्वास्थ्य, शिक्षा, आर्थिक, वातावरण सामाजिक, सांस्कृतिक, सामूहिक पहिचान, राजनीतिक तथा मानवअधिकारका मुद्दाहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले स्थान पाउन थालेका छन् । जस्तैः विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ५१ औँ सभाद्वारा सदस्य राष्ट्रहरूलाई आदिवासी जनजातिको स्वास्थ्यका बारेमा राष्ट्रिय योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूलाई आहृवान गर्नु, जातीय भेदभावविरुद्ध सन् २००१ मा डर्बानमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र तथा कार्ययोजनामा आदिवासी जनजातिका विषयमा छुट्टै परिच्छेदको व्यवस्था हुनु, जैविक विविधता महासन्धिको धारा ८ -जे) मा जैविक विविधता उपयोग र लाभ बाँडफाँडसम्बन्धी आदिवासीहरूको अधिकारको व्यवस्था गरिनु, विश्वव्यापीरूपमा नै आदिवासीका लागि विभिन्न सहयोगी संस्थाको स्थापना हुनु, संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र लागू गर्नु हुन् । यसैगरी सन् २००८ मा अस्ट्रेलिया सरकारले त्यहाँका आदिवासीहरूलाई विभेद गरेको स्वीकार गर्दै माफी माग्नु तथा सन् २००८ मा क्यानडाका प्रधानमन्त्रीले करिब ८० हजार इन्डियन मूलका आदिवासी पूर्व-विद्यार्थीहरूलाई शक्तिपूर्वक विस्थापित गरेकोप्रति क्षमा माग्नु, त्यस्तै सन् २००८ मा नै लामो समयदेखि जातीय स्वपहिचानको लागि आन्दोलनरत जापानका ऐनु आदिवासीहरूलाई कानुनीरूपमा जापान सरकारद्वारा जातीय पहिचान दिलाउनु जस्ता कार्य समग्र विश्व आदिवासी जनजाति आन्दोलनको महत्त्वपूर्ण उपलब्धि हो ।
विश्वव्यापीरूपमा आदिवासी जनजाति आन्दोलन चुलिंदै गइरहेको छ । त्यही अनुपातमा विश्व आदिवासी जनजातिहरू अधिकार सम्पन्न पनि हुँदै आएका छन् । तर नेपालमा भने कुलुङ, खालिङ, लोहोरुङ, वाहिङ, घले, कर्मारोङ, साम्पाङ, याम्फू, जेरोङ, करनीलगायत २० भन्दा बढी भिन्न अस्तित्व बोकेका स्वतन्त्र आदिवासी जनजातिहरू राज्यको मूलधारभन्दा बाहिर छन् अर्थात् अधिकार तथा स्वपहिचानविहीन बनाइएका छन् । नेपाल सरकारले जम्मा ५९ जातिलाई नेपालको आदिवासी जनजाति हो भनी प्रमाणित गरिसकेको अवस्था छ । तर, २०५८ को जनगणनाका अनुसार १०२ भाषा नेपालमा बोलिन्छन् । अब यहाँनेर के सवाल उठ्छ भने एक जाति बराबर बहुभाषा हुन्छ ? या एक भाषा बराबर बहुजाति ? यही आधारमा नेपाल सरकारले आˆनै तथ्याङ्कलाई बेवास्ता गरिएको देखिन्छ । कसरी भने, संसारको कुनै पनि कुनामा एक जाति बराबर बहुभाषाको प्रयोग भएको पाइएको छैन । यदि विवादको रूपमा कतै छ भने त्यहाँ कमजोर जातिमाथि चरम दमन गरिएको छ । यसको उदाहरणका रूपमा नेपालका अल्पसङ्ख्यक आदिवासी कुलुङ लगायत २० भन्दा बढी जातिहरू जस्तै कुलुङलगायत अन्य जातिहरू केन्द्रीयसत्ताबाट त शोषित भए—भए, त्यसको सयौँ गुणा क्षेत्रीय गैर राज्यसत्ता शासकद्वारा थिचोमिचो गरिए । यस अर्थमा आदिवासी कुलुङलगायत अन्य स्वतन्त्र अस्तित्व भएका आदिवासी जनजातिहरू दोहोरो शासनको सिकारमा परे । त्यसैले त उनीहरूको कुनै पनि खाले विकास भएन । यसरी राज्यसत्ताबाट पहिचान नपाएका आदिवासी जनजातिहरूको समग्र अधिकार तथा जीवनशैलीको अवस्था कुन अवस्थामा छ ? के समानुपातिक समावेशी गणतन्त्र नेपाल भनेको यही हो ? के राज्यसत्ताको पहुँचबाट इतिहासको विभिन्न कालखण्डदेखि अलग पारिंदै ल्याइएका कमजोर अल्पसङ्ख्यक आदिवासी जनजातिलाई गणतान्त्रिक नयाँ नेपालको उपहार यही हो ?
नेपाललगायत विश्वका आदिवासी जनजातिहरूको अवस्था एकै खालको छैन । सामाजिक र सांस्कृतिक रूपले उनीहरू जसरी भिन्न छन् । त्यत्ति नै मात्रामा शासकीय अधिकार, स्वपहिचानको अधिकार तथा आर्थिक सबलताको दृष्टिकोणले उनीहरूमा असमानता पनि छन् । तर पनि साझा मुद्दा र अधिकारका बारेमा नेपालका आदिवासी जनजातिहरूले अन्य विश्वका आदिवासी जस्तै आंशिक उपलब्धि प्राप्त गर्दै आइरहेका छन् । जस्तैः नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९ लाई अनुमोदन गर्नु, आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रमा आˆनो मत जाहेर गर्नु साथै २०५८ सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गर्नु, तर गर्न धेरै बाँकी छ ।
समग्रमा विश्व आदिवासी आन्दोलनलाई नजिकबाट नियालेर हेर्दा सकारात्मक पक्ष धेरै छन् । जे-जस्तो भए पनि विश्व आदिवासी आन्दोलनको परिणामस्वरूप विश्वका आदिवासीहरूको अधिकार सुस्त गतिमा भए पनि स्थापित हुने क्रम जारी छ । आदिवासी जनजातिहरूका स्तरवृद्धि र अधिकार स्थापित नहुन्जेलसम्म पूर्ण विकसित विश्व समाजको परिकल्पना गर्नु अस्वाभाविक हो ।
Published on Gorkhapatra Daily

http://www.lahurnip.com/details.php?id=38

Indigenous Kirats struggle for burial rights

After Christians, ancient Nepal tribe fights for burial rights

Kathmandu, Jan 30 (IANS) Close on the heels of Nepal's Christian community warning the government that they would discard their dead in front of the prime minister's office unless granted a burial site of their own, now an ancient Nepali tribe is also up in arms, demanding the same right.
The Kirats, an ancient tribe of mighty hunters who came from Tibet and ruled Nepal for over 1,000 years under 29 kings, have clashed with police in the capital after being prevented from conducting a burial in a forested land belonging to the holiest Hindu shrine in Nepal.
Police said nearly 200 members of the community began protests near the Pashupatinath temple Saturday in the latest incident in the saga of unrest involving the 17th century temple that is also a Unesco-declared World Heritage site.
The protests erupted after a Kirat family from eastern Nepal arrived at the forest adjoining the temple to bury a dead relative.
However, diggers making a pit in the Shleshmantak forest were prevented from burying the body of Oshin Rai from Udaypur after police arrived and intervened.
The intervention came after the Pashupati Area Development Trust, which administers the Hindu temple, decided to put an end to the practice by Christians and Hindus to bury their dead on land belonging to the temple.
The trust says only 10 Hindu sects, called the Dahnami collectively, are allowed to bury their dead on the temple land, as per Hindu customs.
It says non-Hindus are not allowed to bury their dead there and since last month, when a beautification drive started, the trust ordered the demolition of all non-Hindu graves in the forest.
Christians have already started a pressure campaign, asking the government to allot them land to build a cemetery.
Though Nepal, once the only Hindu kingdom in the world, became secular in 2006, religious minorities like Christians say they are still discriminated against.
Now Kirats say though they had asked the government nearly six months ago to allot them land for a graveyard of their own, they have not received any response.
They also say that the trust decided to stop burials by other faiths without giving them prior notice.
Since 2008, the shrine, regarded as one of the holiest Hindu shrines worldwide, has been dragged into various controversies.
First, the Maoist government tried to sack the Indian priests employed at the main shrine, an act that triggered widespread condemnation, but had to revoke the deed after five days.
Now the caretaker government of Nepal has been slapped with a lawsuit for trying to open the treasury of the temple - believed to have been padlocked for over 2,000 years - with Hindus saying it had no right to interfere in religious matters.
http://in.news.yahoo.com/christians-ancient-nepal-tribe-fights-burial-rights-20110130-002339-639.html

Burial ban triggers strike in Udapaypur

HIMALAYAN NEWS SERVICE
GAIGHAT: The government ban on non-Hindu burial at the Shleshmantak forest in the Pashupati area has not gone well with the indigenous communities, particularly the Kirats, who used to bury their dead in the forest.

In protest of the ban, Nepal Federation of Indigenous Nationalities (NEFIN) today enforced an hourlong chakkajam. NEFIN district chairman Subhash Kirati informed that they obstructed vehicular movement at the Aadibasi Chowk of Gaighat in protest.

“It’s a blatant Hindu intervention in the cultural practices of the Kirats,” Kirati remarked. Another indigenous leader, Kiran Rai, said the “hegemonic approach” of the Hindus in a secular country had riled them. Rai threatened to launch a stern agitation if the government does not apologise over the ban.

Three days ago, police had intervened and barred family members from burying a deceased, Basin Rai of Balamta, Udayapur, in the forest.

http://www.thehimalayantimes.com/rssReference.php?headline=Burial+ban+triggers++strike+in+Udapaypur&NewsID=274772

Nepali lawmakers released after arrests in cemetery row - Summary


Posted : Mon, 31 Jan 2011 15:33:30 GMT
Category : Religion (General)
News Alerts by Email ( click here )
Religion General News | Home
Kathmandu - Nepali police on Monday released demonstrators, including two lawmakers, who were detained earlier in the day for staging protests in a row over a burial ground deemed sacred to Hindus.
The cemetery at the Pashupatinath temple has been mired in controversy after the temple authorities last month barred Christians from burying their dead in the Sleshmantak forest, saying it was reserved for the Dasnami Hindu sect.
Over the weekend, the authorities also banned the indigenous Kirat community from the cemetery, arguing they were not Dasnamis.
But Prime Minister Madhav Kumar Nepal said late Monday that the Kirat community would be allowed to bury their dead in the forest until a new provision had been put in place.
At least a dozen people had been injured in clashes earlier Monday between ethnic Kirats and police in Kathmandu, and 15 people had been arrested.
Kirats were traditionally animists and still bury their dead, despite having had to adopt Hinduism in the 18th century.

http://www.earthtimes.org/articles/news/365173,cemetery-row-summary.html

Respect indigenous rights: LAHURNIP

  
HIMALAYAN NEWS SERVICE
KATHMANDU: Lawyers Association for Human Rights of Nepalese Indigenous Peoples (LAHURNIP) today expressed concern about the decision of Pashupati Area Development Trust (PADT) to bar the burial of Jasram Rai, a Kirati from Sankhuwasabha.

Issuing a press statement, LAHURNIP asked the government to protect, promote and respect the cultural and religious rights of indigenous peoples. It also asked the government to respect secularism and not to work against rule of law.

The statement mentioned that the community had signed an agreement with the government in 1999 on use of the land as their burial site. But, on December 29 last year, the government decided not to allow non-Hindus burial in the area.

The Kirati community had taken Jasram Rai’s body to the forest area of the Hindu shrine for burial at around 8 am yesterday, but was not allowed to bury it. PADT, which administers the affairs of Pashupatinath Temple, refused to let them bury the body.

http://www.thehimalayantimes.com/fullNews.php?headline=Respect+indigenous+rights:+LAHURNIP+&NewsID=274780

Protect the cultural rights of Kirati indigenous community


Posted on 2011-01-31

 KATHMANDU, JAN. 31, 2010
Lawyers Association for Human Rights of Nepalese Indigenous Peoples (LAHURNIP) on Tuesday raised a serious concern toward an act of Pashupati Area Development Trust (PADT) for not to allow burying of a dead-body of Jasram Kulung of Sankhuwasabha from Kirati Community at forest near Pashupatinath Temple, one of the Hindu shrines in the capital. The PADT which administers the affairs of Pashupatinath Temple had refused to let them bury the body.
Issuing a press statement, LAHURNIP has asked the government to protect and promote rights of indigenous people and to ensure them with cultural and religious right as per international human rights instruments. The statement also asked government to respect the secularism and not to violate the rule of the country and also to encourage for communal riots.
According to a statement Kirat community had signed an agreement with the government on 1999 to use the land as their burial area with the then government. Whereas on December 29 last year, the government had decided not to allow non-Hindus to bury their dead in the area, saying it was a part of the clean up and conservation drive in the area, which is enlisted in UNESCO’s World Heritage List. The Kirati community had taken the body of Jasram Rai of Sankhuwasabha to the forested area of the Hindu shrine for burial at around 8 am, but was not allowed to bury.  

http://www.lahurnip.com/details.php?id=42

पशुपतिमा किरातीहरुको समाधिस्थलमा शव अन्त्येष्टि गर्न अवरोध पुर् याएकोबारे............................PDFPrintE-mail
Sunday, 30 January 2011 08:30
मिति २०६७ माघ १६

सम्मान्नीय प्रधानमन्त्रीज्यु
प्रधानमन्त्रीको कार्यालय
सिहदरवार काठमाडौ

माननीय गृहमन्त्रीज्यु
गृह मन्त्रालय
सिहदरवार काठमाडौं

माननीय संस्कृति मन्त्रीज्यु
संस्कृति मन्त्रालय
सिहदरवार काठमाडौ

विषय ः पशुपतिमा किरातीहरुको समाधिस्थलमा शव अन्त्येष्टि गर्न अवरोध पुर् याएकोबारे ।

उपरोक्त संम्बन्धमा मिति २०६७ माघ १५ गतेका दिन पशुपति क्षेत्रमा अवस्थित किरातीहरुको ऐतिहासिक समाधि स्थलमा उदयपुर ओसियन राईको शव अन्त्येष्टि गर्न प्रहरी र पशुपति क्षेत्र विकास कोषले पुर् याएका अवरोधेबारे २०६७ माघ १६ गते कान्तिपुरमा प्रकाशित समचार प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भिर ध्यान अकृष्ट भएको छ । किरातीहरुको ऐतिहासिक समाधिस्थलमा शव अन्त्येष्टिमा प्रहरीवाट भएको दमन र पशुपति क्षेत्र विकास कोषले पुर् याएको अवरोधको घोर निन्दा भत्स्रना गर्दै दोषी प्रहरी माथि तत्काल कारवाही गर्न जोडदार माग गर्दछौ ।

पशुपति क्षेत्रमा अवस्थित किरातीहरुको ऐतिहासिक समाधि स्थल किरातीहरुले निर्विवाद उपभोग गर्न पाउने गरि हालको विवाद टुङ्गो लगाउन पशुपति क्षेत्र विकास कोषले किरातीहरुको संम्बन्धित संघसंसथाका प्रतिनिधिहरुसंग तत्काल वार्तको पहल गर्न जोडदार माग गर्दछौ । किरातीहरुको परम्परा तथा संस्कृति माथी राज्य सत्ताले अनावश्यक हस्ताक्षेप गरेमा नेपाल आदिवासी जनजाति महासंघ सशक्त आन्दोलन गर्नु वाध्य हुने व्यहोरा यसै पत्र मार्फत जानकारी गराउन चहान्छौ ।


आङ काजी शेर्पा किसान
महासचिव
सम्पर्क फोन ९८५१० ४८१८४

http://www.nefin.org.np/news--update/news/608-2011-01-30-08-31-53.html

Nepal Prime Minister steps in to defuse religious row over burials

By Sudeshna Sarkar,Kathmandu, Feb 1 : The ugly religious row that erupted near one of the holiest Hindu shrines in the world showed signs of calming down Tuesday after Nepal's caretaker Prime Minister Madhav Kumar Nepal intervened, promising status quo to a minority community.
The Kirats of Nepal, an ancient hunting tribe that migrated to Nepal from Tibet and ruled the Himalayan state for over 1,000 years, were persuaded by the premier to withdraw their street protests on the assurance that they would be allowed to bury their dead in the forest land owned by the revered Pashupatinath temple till an alternative burial ground was found for them.

Kirats, whose population is estimated to be above one million, are animists who bury their dead. However, with the government failing to allot them a separate burial site of their own, the community has been burying its dead in the Shleshmantak forest skirting the Pashupatinath temple.

"We have a written agreement signed with the Girija Prasad Koirala government almost 13 years ago that says Kirats will be allowed to bury their dead till the government allotted them a graveyard site," said Ang Kaji Sherpa, general secretary of the National Federation of Indigenous Nationalities that is supporting the Kirat protests that started in the capital last week.

"The agreement also said the government will allot a burial site within six months. However, we are still waiting," he added.

The protests, which disrupted traffic near the Pashupatinath temple since Saturday and saw demonstrators clash with riot police, began after the Pashupati Area Development Trust, that runs the 17th century temple, began a new crackdown on non-Hindu burials in the forest, saying it hurt the sentiment of millions of Hindus worldwide.

The trust also said it would demolish the graves of non-Hindus, allowing only 10 Hindu groups, collectively known as the Dashnamis, to continue their burials in the forest.

"It is rank discrimination against indigenous communities at a time Nepal is writing a new constitution to make society inclusive," Sherpa said.

"Pashupatinath, also worshipped as Kirateshwar, the lord of Kirats, is the deity of the Kirat community as well. To enforce such a discriminatory ban, and that too without informing the community, smacks of a conspiracy to destroy the harmony between Nepal's different communities," he added.

Sherpa said the prime minister professed ignorance of the earlier agreement as well as the new crackdown by the temple trust. Nepal also agreed to step up talks with the community to identify a burial site.

Till then, the prime minister has assured Kirats that the burials will continue in the forest.

The caretaker premier's assurance is certain to be put to test Tuesday when Kirats seek to resume a burial that was interrupted Sunday.

The body of Jasram Rai, a 40-year-old who died of blood cancer Saturday, has been lying in the capital without being administered the last rites after his relatives were prevented by armed police from conducting his burial in the controversial forest land Sunday.

Sherpa said Kirats will seek to conclude the burial Tuesday.

The Kirat protests are being watched closely by Nepal's Christian community, who too face a similar plight.

Though Nepal, once the only Hindu kingdom in the world, became officially secular in 2006, the state is yet to end discrimination against the religious minorities that continue in its hidden form.

(Sudeshna Sarkar can be contacted at sudeshna.s@ians.in)
--IANS
http://www.newkerala.com/news/world/fullnews-137238.html