१४ असोज २०७०
सरकारले सुर्खेतको कांक्रेविहारमा बुद्धको मूर्ति राख्न नदिएर आदिवासी
जनजातिका धार्मिक तथा सांस्कृतिक अधिकार उल्लङ्घन गरेको सम्बन्धमा आदिवासी
जनजातिका संस्थाहरुले संयुक्त राष्ट्रसंघमा उजुरी दिएका छन् ।
आदिवासीका अधिकारसम्बन्धि, सांस्कृतिक अधिकारका क्षेत्रमा तथा धार्मिक
स्वतन्त्रतासम्बन्धि संयुक्त राष्ट्रसंघका समाधिक्षकहरुलाई सोमबार पठाइएको
अत्यन्त जरूरी पत्राचारमा लाहुर्निपसहित आदिवासी जनजाति र बौद्ध
संघसंस्थाका प्रतिनिधिहरुले सो उजुरी गरेका हुन् । उजुरीमा ११ जेठ २०७०मा
बुद्ध जयन्तीको अवसरमा बुद्धमूर्ति स्थापनार्थ निकालिएको झाँकीमा प्रहरीले
गरेको हस्तक्षेपसहित बुद्धमूर्ति स्थापनामा सरकारले गरेका अवरोधहरु
व्याख्या गरिएको छ । उक्त हस्तक्षेपमा प्रहरीको निर्मम कुटाईबाट ५३ जना
घाइते भएको वा तिनको धनमाल लुटिएको थियो ।
मन्त्रिपरिषद् अध्यक्षसहित सम्बन्धित निकायका प्रतिनिधिहरुसँग पटकपटक भेट
गरी मौखिक तथा लिखित उजुरी दिनुका साथै विभिन्न बिरोधका कार्यक्रमहरु गरे
तापनि सरकारबाट विवाद समाधानको लागि कुनै पहल नभएको र उल्टै कुनै हालतमा
कांक्रेविहारमा बुद्धको मूर्ति राख्न नदिने भन्दै अप्रत्यक्ष धम्की दिइएको
उजुरीमा उल्लेख गरिएको छ । यसबाट आदिवासी जनजातिका धार्मिक तथा सांस्कृतिक
अधिकारका साथै अन्तरिम संविधानमा प्रत्याभूत गरिएको धर्मनिरपेक्षताको
सिद्धान्तसमेत उल्लङ्घन भएको भनिएको छ ।
कांक्रेविहारमा बुद्ध मूर्ति प्रतिस्थापन गर्न अनुमति दिई आदिवासी
जनजातिका धार्मिक तथा सांस्कृतिक अधिकार उल्लङ्घन रोक्न र तिनका अधिकारको
सम्मान गर्न नेपाल सरकारलाई सिफारिस गर्न उजुरीकर्ताहरुले संयुक्त
राष्ट्रसंघका समाधिक्षकहरुलाई अनुरोध गरेका छन् । साथै नेपाल सरकारलाई
आदिवासी जनजातिका अधिकार सम्मान गराउन संयुक्त राष्ट्रसंघ तथा अन्य
सम्बन्धित संस्थाहरुले सहजीकरण गर्न सिफारिस गर्न पनि अनुरोध गरिएको छ ।
उजुरीको मस्यौदा खस नेपाली भाषामा पढ्न यहाँ क्लिक गर्नुहोस् ।
Source: LAHURNIP
Showing posts with label Kakrebihar. Show all posts
Showing posts with label Kakrebihar. Show all posts
Tuesday, October 1, 2013
Indigenous peoples submit complaint to the UN on violations of religious and cultural rights in Surkhet
1 October 2013
Indigenous peoples’ organizations have submitted a
complaint to the United Nations concerning the violations of religious
and cultural rights of indigenous peoples due to denial of installation
of Buddha idol in Kakre Bihar, a monastery in Surkhet district of
mid-western Nepal.
Representatives of indigenous peoples’ and Buddhist
organizations, on Monday, emailed the complaint in an urgent
communication to the UN Special Rapporteurs on the Rights of Indigenous
Peoples, in the field of cultural rights and on freedom of religion or
belief. The complaint details obstructions by the Government to install
the idol even after fulfilling all necessary procedures, including
police intervention on the rally taken out on 25 May 2013 for installing
the idol. More than 50 devotees were reportedly injured or looted of
their belongings in the brutal police assault.
Despite holding number of meetings with the
concerned authorities, including Chairperson of the Council of Ministers
and peaceful protest programs, the Government has not taken any measure
to resolve the dispute. Rather there has been indirect threat to
prevent installing idol in the area at any cost. This has violated
religious and cultural rights of the indigenous peoples as well as the
principle of secularism as declared in the Interim Constitution of
Nepal, 2007.
The complainants have requested the Special
Rapporteurs to recommend the Government to permit installation of idol
in the area, halt violations of and respect religious and cultural
rights of indigenous peoples. Further, they have urged the Rapporteurs
to recommend the United Nations and other concerned agencies to
facilitate the Government to respect those rights.
Click here to read the complaint
Source: LAHURNIP
Tuesday, September 24, 2013
सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिको चोथौं चरणको शान्ति पूर्ण आन्दोलन घोषणा
सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा।वि।स। वडा नं। ८ अवस्थित काँक्रेविहार परिसरमा राष्ट्रिय विभूती भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गर्ने क्रममा स्थानीय प्रहरी प्रशासनले रोक लगाएपछि त्यसको विरोधमा सम्पूर्ण बौद्धमार्गी तथा आदिबासी जनजातिहरू आन्दोलनरत रहेको व्यहोरा सर्व विदीतै छ । हामीले विगत विभिन्न मितिमा यथा शीघ्र पूर्व सहमति अनुसारबुद्धमूर्तिलाई सोहि स्थानमा प्रतिस्थापना गर्नको लागि शान्ति पूर्ण आन्दोलनद्वारा नेपाल सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्शण गराउँदै तेस्रो चरणसम्मको शान्ति पूर्ण आन्दोलनको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । शान्तिपूर्ण आन्दोलनलाई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली जनताको साथै न्यायपूर्ण आन्दोलनको कार्यक्रमलाई समाचार संकलन, छायांकन तथा सम्प्रेषण गरी सहयोग गर्नु हुने सञ्चारकर्मीहरूलाई हामी आन्दोलनकारी संघ सस्थाहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं ।
हामी सरोकारवाला बौद्ध धर्मावलम्बी संघ संस्थाहरू र नेता नेतृत्वको संयुक्त प्रतिनिधी मण्डलले यो घटनाको कडा विरोध गर्दै बुद्धको मूर्तिलाई १५ दिन भित्र प्रतिस्थापना गरियोस् भनेर मितिः २०७० असार ८ गते नेपाल सरकार अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मीज्यूलाई ज्ञापन–पत्र बुझाएका थियौं । तर उक्त समय सिमा भित्र बुद्धमूर्ति प्रतिस्थापना गर्ने मागलाई सरकारबाट व्यवस्था गर्न सकेको छैन् । त्यसकारण हामी सम्पूर्ण बौद्धमार्गीहरूले सरकारको यस्तो रवैया बिरूद्ध खेद प्रकट गर्दै तेस्रो चरणसम्मको शान्तिपूर्ण आन्दोलन सफलता पूर्वक सम्पन्न गरी चोथौं चरणको शान्ति पूर्ण आन्दोलन घोषणा गर्न पत्रकार साथीहरू माझ यो पत्रकार सम्मेलन आयोजना गरेका छौं ।
चौथौं चरणको आन्दोलनको कार्यक्रम
१) २०७०।०६।८ पत्रकार सम्मेलन १ः०० एः पmोनिज, अनामनगर
२) २०७०।०६।११÷१२ मन्त्रिपरिषद अध्यक्षलाई संयुक्त राष्ट्रसंघको भवन प्रवेश द्वारमा बौद्धमार्गी र विभिन्न आदिबासी जनजातिहरूले प्लेकाड र कालो झण्डा प्रदर्शन न्यूयोर्क
३) २०७०।०६।१० आन्दोलनकारी संघ÷संस्थाहरू बीच बिचार गोष्ठी १२ वजे बौद्ध गडेन भान्साघर, तीनचुली, बौद्ध
४) २०७०।०६।१५ विभिन्न धार्मिक समुदाय, नागरीक समाज बुद्धि जिवीहरूसँग आन्तरक्रिया कार्यक्रम १–३ काठमाडौं
५) २०७० असोज महिना भित्र धर्म निरपेक्ष राज्यको सिद्धान्त विपरीत राज्य सरकारले राष्ट्रिय विभूति गौतम वुद्ध लगायत विभिन्न धार्मिक समुदाय माथि गरेको विभेदको विरुद्धमा धरान सुनसरी,मकवानपुररचितवन,पोखरा,लु म्बिनी, दाङ्ग र सुर्खेतमा क्षेत्रिया विरोध सभा गर्ने
हाम्रो मागहरू
१) सुर्खेत, काँक्रेबिहार परिसरमा राख्न खोजीएको बुद्धको सो मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्नु पर्ने ।
२) बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेतमा बौद्धमार्गीहरूको झाँकी ¥याली माथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्र्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने ।
३) आगामी दिनमा मुलुकको कुनै पनि भूभागमा रहेको बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, बही, बहाल, चैत्य, मूर्ति आदि आस्थाको केन्द्र रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरूमाथि यस्ता दुव्र्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी ९सुनिश्चितता० गर्नु पर्ने ।
सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समिति
हामी सरोकारवाला बौद्ध धर्मावलम्बी संघ संस्थाहरू र नेता नेतृत्वको संयुक्त प्रतिनिधी मण्डलले यो घटनाको कडा विरोध गर्दै बुद्धको मूर्तिलाई १५ दिन भित्र प्रतिस्थापना गरियोस् भनेर मितिः २०७० असार ८ गते नेपाल सरकार अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मीज्यूलाई ज्ञापन–पत्र बुझाएका थियौं । तर उक्त समय सिमा भित्र बुद्धमूर्ति प्रतिस्थापना गर्ने मागलाई सरकारबाट व्यवस्था गर्न सकेको छैन् । त्यसकारण हामी सम्पूर्ण बौद्धमार्गीहरूले सरकारको यस्तो रवैया बिरूद्ध खेद प्रकट गर्दै तेस्रो चरणसम्मको शान्तिपूर्ण आन्दोलन सफलता पूर्वक सम्पन्न गरी चोथौं चरणको शान्ति पूर्ण आन्दोलन घोषणा गर्न पत्रकार साथीहरू माझ यो पत्रकार सम्मेलन आयोजना गरेका छौं ।
चौथौं चरणको आन्दोलनको कार्यक्रम
१) २०७०।०६।८ पत्रकार सम्मेलन १ः०० एः पmोनिज, अनामनगर
२) २०७०।०६।११÷१२ मन्त्रिपरिषद अध्यक्षलाई संयुक्त राष्ट्रसंघको भवन प्रवेश द्वारमा बौद्धमार्गी र विभिन्न आदिबासी जनजातिहरूले प्लेकाड र कालो झण्डा प्रदर्शन न्यूयोर्क
३) २०७०।०६।१० आन्दोलनकारी संघ÷संस्थाहरू बीच बिचार गोष्ठी १२ वजे बौद्ध गडेन भान्साघर, तीनचुली, बौद्ध
४) २०७०।०६।१५ विभिन्न धार्मिक समुदाय, नागरीक समाज बुद्धि जिवीहरूसँग आन्तरक्रिया कार्यक्रम १–३ काठमाडौं
५) २०७० असोज महिना भित्र धर्म निरपेक्ष राज्यको सिद्धान्त विपरीत राज्य सरकारले राष्ट्रिय विभूति गौतम वुद्ध लगायत विभिन्न धार्मिक समुदाय माथि गरेको विभेदको विरुद्धमा धरान सुनसरी,मकवानपुररचितवन,पोखरा,लु
हाम्रो मागहरू
१) सुर्खेत, काँक्रेबिहार परिसरमा राख्न खोजीएको बुद्धको सो मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्नु पर्ने ।
२) बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेतमा बौद्धमार्गीहरूको झाँकी ¥याली माथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्र्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने ।
३) आगामी दिनमा मुलुकको कुनै पनि भूभागमा रहेको बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, बही, बहाल, चैत्य, मूर्ति आदि आस्थाको केन्द्र रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरूमाथि यस्ता दुव्र्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी ९सुनिश्चितता० गर्नु पर्ने ।
सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समिति
Subscribe to:
Posts (Atom)