Wednesday, November 6, 2013

आदिवासी जनजाति बृहत् संयुक्त मोर्चाको संविधानसभा निर्वाचनसम्बन्धी प्रेश विज्ञप्ती

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

आदिवासी जनजाति बृहत संयुक्त मोर्चा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान अनुसार गठीत संविधानसभाको राज्य पुनर्संरचना समिति तथा उच्चस्तरिय राज्यपुनर्संरचना आयोगद्धारा प्रस्तावित लिम्बुवान, किरात, ताम्सालिङ, नेवाः, मगरात, तमुमान, थरुहट, शेर्पा लगायतका स्वायत्त प्रदेशहरुको सुनिश्चितताका साथै सबै प्रदेशहरुमा रहेका अल्पसंख्यक आदिवासी जनजातिहरुको पहिचानमा आधारित स्वायत्त, संरक्षित र विशेष संरक्षित क्षेत्रहरुको प्रत्याभुतिका लागि विगत लामो समयदेखि संघर्षरत रहेको छ । यो कार्यको लागि मोर्चाले पहिलो संविधानसभाभित्र निर्मित भएको आदिवासी सभासद ककस र अन्य पहिचान पक्षधर सभासदहरुसँग समन्वय गर्दै संविधानसभा बाहिरको आन्दोलनमा खेलेको सशक्त भूमिकाका वारेमा सबैमा सर्वविद्धितै छ । परिणाम त पहिचानसहितको संघीय संविधान निर्माण अन्तिम चरणमा पुगेको वेला प्रमुख तीन दल र मधेशी मोर्चा प्रक्रियामा नगई अकर्मन्यतामा रहेका कारण विना परिणाम संविधान सभा भङ्ग भएको कुरा थाहा भएकै कुरा हो । त्यसैले नेपालमा संविधानसभाको दोस्रो निर्वाचन गर्नु परेको छ । संविधानसभाको निर्वाचन देशको संविधान बनाउने निर्वाचन हो तसर्थ यो निर्वाचनमा देशमा विद्यमान सबै खाले विचार र तह तप्काका जनताको सहभागीता अनिवार्य र महत्वपूर्ण पक्ष हो । अतः आगामी २०७० मंसीर ४ गते हुन लागिरहेको निर्वाचन प्रक्रिया वा संविधानसभामा बहिष्कारमा रहेका शक्ति (३३ दलीय मोर्चा)लाई समेत समेटी अगाडी बढ्न राज्य पक्षलाई आग्रह गर्दछौं ।


दशवर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलनका उपलव्धिहरु खास गरेर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा राज्यको संरचनामा समावेशी समानुपातिक सहभागीताको मुद्धालाई संस्थागत गर्न संविधानसभाको निर्वाचनबाट मात्र सम्भव हुने कुरा प्रष्ट छ । यस प्रक्रियामा राज्यको मूलधारबाट बाहिर पारिएका उत्पीडित, उपेक्षित र अल्पसंख्यक जात जाति, भाषाभाषी, वर्ग र क्षेत्रका जनताको सहअस्तित्वलाई स्वीकार गर्दै पहिचानसहितको संघीयताको निर्माणको कुराले मात्र मुलुकको सबै जाति, वर्ग र क्षेत्रको जनताको भावनाको सम्बोधन गर्न सक्ने र अग्रगामी राज्य पुनर्संचना हुने कुरा पनि स्वतः सिद्ध छ ।

यस सन्दर्भमा जातिय पहिचानसहितको संघीयता, लोकतान्त्रीक गणतन्त्र, धर्मनिरपेक्षता, सबै जात जाति, भाषाभाषी, क्षेत्र र अल्पसंख्यक जनताको सहअस्तित्व, एवं राज्यको सबै अंग र तहमा जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व र अल्पसंख्यक आदिवासी जनजाति समुदायवाट कम्तिमा एक जाति एक प्रतिनिधित्वको व्यवस्थासहितको समावेशी सहभागिता र धेरै जनसंख्या भएका आदिवासी जनजातिहरुको पहिचानको आधारमा प्रदेश र कम जनसंख्या भएका आदिवासी जनजातिहरुको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष संरक्षित क्षेत्र आदि जस्ता मुद्धाहरुलाई आफ्नो मुद्धा बनाउँदै अग्रगामी राज्य निर्माणको पक्षमा लडिरहेका शक्तिहरुलाई संविधान सभाको दोस्रो निर्वाचनमा साथ र सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, हाम्रो साझा माग, मुद्धा र सरोकारका विषयहरु संबैधानिक रुपमा प्रत्याभुत नहुन्जेल निरन्तर खवरदारी र आन्दोलन जारी राख्न पनि हामी सबैमा हार्दिक अपिल गर्दछौं ।

मोर्चामा सम्बद्ध संघसंस्थाहरु 
                                 
  उत्तमसिं थाङ्देन                  रेशम तमु                                     लाक्पा ठिन्ले शेर्पा           दिवस राई
    अध्यक्ष                               अध्यक्ष                                         बरिष्ट उपाध्यक्ष            महासचिव
किरात याक्थुङ चुम्लुङ   तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद       नेपाल शेर्पा संघ        किरात राई यायोक्खा

                                     
नवीन रोका मगर              कुमार ब्लोन                          रजनी महर्जन             डम्बर प्रसाद थारु
   महासचिव                     महासचिव                             महासचिव                  कोशाध्यक्ष
नेपाल मगर संघ            नेपाल तामाङ घेदुङ                   नेवाः देय्ः दबू         थारु कल्याणकारिणी सभा

      

No comments:

Post a Comment