Showing posts with label indigenous rights. Show all posts
Showing posts with label indigenous rights. Show all posts

Sunday, February 8, 2015

UN rights expert informed of violation of rights of Nepal's indigenous Newar people due to road expansion drive in Kathmandu valley, with the case in point of Ugrachandi temple in Lalitpur

This communication was submitted to the UN Special Rapporteur on the Rights of Indigenous Peoples, Prof. James Anaya, on 6 August 2012 to provide information regarding violations of human rights of indigenous Newar people of Nepal, and/or continued threat thereof, by the road expansion drive in Kathmandu valley – mainly in Kathmandu metropolis and Lalitpur sub-metropolis, with the case in point of Ugrachandi temple of Lalitpur.

Below is the detailed account regarding current immediate risk of demolition of Ugrachandi (Tamka:dya:) temple, a historical holy shrine of Newars in Jawalakhel, Lalitpur, without any consultation with and consent of local Newar communities for expansion of road in the area.[1] This violates their right “to maintain, control, protect and develop their cultural heritage” as provided by UNDRIP article 31 along with their right to Free, Prior and Informed Consent.

Wednesday, July 30, 2014

हाइस्टेसन पीडितहरूको आन्दोलनले नयाँ मोड लिँद

काजीमान थिङ तामाङ
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ
सिन्धुली

सिन्धुली । करिव चारवर्षदेखि संगठित रूपमा खिम्ती–ढल्केबर २२० के.भी विद्युत प्रसारण लाईन विस्तार परियोजनाविरूद्ध संघर्ष गर्दै आएका स्थानीय आदिवासी जनजातिको आन्दोलनले नयाँ मोड लिने भएको छ । निर्माणस्थल आसपासमा विरोध, धर्ना, जुलुश जस्ता गतिविधिमा सीमित उनीहरूको आन्दोलन विश्व बैंकको उजुरी सुन्ने उच्च निकाय इन्सपेक्सन प्यानलसम्म मुद्धा दर्ता गर्न पुगेपछि उनीहरुको आन्दोलनको स्वरूप फेरिएको हो ।

माइपोखरीको अस्तित्वसँगै आदिवासीको संस्कृति पनि संकटमा

सन्तोष नेम्वाङ
इलाम

जैविक विविधताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण क्षेत्र र धार्मिक तथा सांस्कृतिक रुपमा पनि विविधयुक्त छ इलामको माइपोखरी । माइपोखरी करिब दुई हेक्टर क्षेत्रफल छ । पोखरीको दक्षिणी कुनामा प्रवेशद्धार छ भने पूर्वी कुनामा किरातधर्म आस्थाको शिवमन्दिर, उत्तरी दिशामा हिन्दुहरुको धार्मिक अनुष्ठान गर्न बनाइएको टहरा छ । पोखरीको वरिपरि विभिन्न जातका स्थानीय बोटविरुवा, जडीबुटीहरु पाइन्छन् भने विभिन्न जातका वन्यजन्तु, चराचुरुङ्गी, माछाहरु पाइन्छन् । यही पोखरीको आसपासमा बस्ने गर्थे आदिवासी सुनुवारका पूर्खाहरु । उनीहरुका पूर्खाहरुको भेडागोठ थियो, पोखरी आसपासमा पाइने मालिङ्गो, बाँसको चोयाबाट डोको, नाम्लो, डालो, थुन्छे, आदि बुनेर बेसीतिरका छिमेकीहरुसँग धानचामल, नुन साटी ल्याउँथे । नजिकैको बजारमा भेडाको घ्यू मानादेखि धार्नीसम्म बेच्थे । हत्तपत रोगी बिरामी हुँदैनथे सुनुवार परिवारमा । भइहाले पनि स्थानीय जडिवबुडीको प्रयोग गर्थे । उभौली र उधौलीमा सेउली काट्न, मौसमअनुसार सिकार खेल्न, शुद्ध जल प्रयोग गर्न, घाँस दाउरा लिन माईपोखरी आसपासमा नै जान्थे । तर अहिले पहिलाजस्तो माइपोखरी आसपासको क्षेत्रमा सहजै आवतजावत गर्न पाइँदैन । पोखरीमा पानीको सतह पनि घट्दै गएको छ, पोखरीमा फोहोरको थुप्रो बढेको छ, समय समयमा बनेको माई पोखरीको गुरुयोजनाहरुले उनीहरुको साँस्कृतिक अधिकारमाथि बन्देज लगाएको छ, पोखरी आसपासका वनलाई धार्मिक वन र सामुदायिक वन बनाएपछि उनीहरुको परम्परागत ज्ञान सीपहरु पनि संकटमा पर्दै गएका छन् ।

Sunday, March 23, 2014

“ठमेलभित्रको ठमेल” बनाउन गुठीको जग्गा हड्पिँदै

७ चैत्र २०७०, काठमाडौँ

काठमाडौँको पर्यटकीय क्षेत्रमा निर्माणाधीन “ठमेलभित्रको ठमेल” भनेर चिनाइएको छायाँदेवी कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहारका परम्परागत कार्यको लागि प्रयोग गरिँदै आएको प्राचीन कमल पोखरीको गुठी जग्गा हरण हुने भएको छ ।

सात व्यवसायीको ३ अर्ब रुपैयाँ लगानी रहेको सेन्टर आगामी दुई वर्षभित्र संचालनमा आइसक्ने छ । मल्ल होटलको पछाडी करिव १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्प्लेक्सले व्यवसायिक भवन निर्माण गर्न लागिएको हो । सो कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहार (विक्रमशील महाविहार)को परम्परागत धर्मकृतिको लागि प्रयोग हुने गरेको कमल पोखरीको जग्गा पनि प्रयोग गर्न लागिएकोे छ । उक्त विषयमा उक्त महाविहारका ६ जना गुठियारहरुले पोखरी गुठी जग्गाको रुपमा सार्वजनिक नै रहनुपर्ने माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरी मुद्दा विचाराधिन अवस्थामै रहँदा पोखरी भित्र पर्ने गरी निर्माणस्थल वरिपरि पर्खाल लगाएर कम्प्लेक्सको निर्माणकार्य धमाधम अघि बढाइएको छ ।

Wednesday, February 26, 2014

आदिवासी र मजदुर आन्दोलनले निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द

निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द

लमजुङको भुलभुलेमा निर्मााणाधिन ५० मेगावाट क्षमताको अपर मर्स्याङ्दी ए जलविद्युत आयोजना अनिश्चितकालका लागि बन्द भएको छ ।

Friday, June 17, 2011

International Indigenous Film Festival in Dharan, eastern Nepal

Indigenous Film Archive (IFA) is organizing International Indigenous Film Festival 2011 in Dharan city of eastern Nepal from 18-19 December 2011. The festival aims to raise the issues of indigenous rights and demands through films, expand indigenous films to villages and include indigenous film-making in the so-called ‘mainstream’ towards strengthening the foundation of national unity.   

Indigenous Nationalities Film Promotion Committee, Dharan will host the International Indigenous Film Festival 2011 at the City Hall of Dharan. Embassy of Denmark is the main supporter of the festival.

This is the third edition of the International Indigenous Film Festival being held annually in Dharan as an extension of the Nepal International Indigenous Film Festival (NIIFF) organized by the Indigenous Film Archive in Kathmandu.

A total of fifteen indigenous films and documentaries will be screened in the festival this year. The films from Nepal include Godewa (Tamang), Gwaye Maru (Newar), Tinaagaa (Tamu), Bhuyaar (Tharu) and Bhuyar (Tharu), among others while the films from other countries are Building Dignity (Bolivia), Oscar Award nominee Hotel Rwanda (Rwanda), etc. Short films and documentaries being screened are Thakthakma (Limbu), Da Chiuri (Chepang), Naaraam (Magar), Mahita (Tamu) from Nepal and Geitalaaga from Finland. The festival will also consist of various indigenous food and books stalls.

Translated from Bhisan Rai’s original article (below) published on 13 June 2011 on Nepal Federation of Indigenous Nationalities (NEFIN)’s website. 



Monday, 13 June 2011 00:02

धरानमा आदिवासी चलचित्र महोत्सव

भीषण राई

आगामी पुस ३ र ४ गते धरानमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने भएको छ । आदिवासी मातृभाषाका चलचित्रमार्फत आदिवासी माग, मुद्दा र  अधिकारका विषयहरू उठान गराउने, आदिवासी चलचित्रलाई गाउँगाउँसम्म विस्तार गर्ने र मूलधार भनिने चलचित्रमा आदिवासी धारलाई पनि समावेश गर्दै राष्ट्रिय  एकताको आधारलाई अझ मजबुत बनाउने उद्देश्यअनुसार अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुन लागेको हो ।

आदिवासी जनजाति चलचित्र प्रवर्द्धन समिति सुनसरी धरानको आयोजनामा धरान सभागृहमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव -२०६६ हुन लागेको हो । महो त्सवको मूल आयोजक इन्डिजिनियस चलचित्र अर्काइभ -आईफा) हो भने मूल सहयोगी एम्बेसी अफ डेनमार्क छ ।

राजधानीमा इन्डिजिनियस चलचित्र अर्काइभद्वारा सम्पन्न अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव-२०६६ लाई विस्तार गर्ने क्रममा धरानमा आयोजना गर्न लागिएको हो ।  प्रत्येक वर्ष धरानमा आयोजना गरिने अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको यो तेस्रो संस्करण हो ।

महोत्सवअन्तर्गत राष्ट्रिय अन्तर्राष्ट्रिय लामा छोटा गरी कुल १५ वटा आदिवासी चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछ । जसमा बिल्डिङ डिग्निटी -बोलीभिया), ओस्कार  एवार्ड प्राप्त होटल रुवान्डा -रुवान्डा), गोदेवा -तामाङ), ग्वाय मरु -नेवार), तिनागा -तमु), भुयार -थारु), बाराहीपुत्र -मगर) आदि चलचित्र छन् भने छोटा चलचित्र तथा व ृत्तचित्रमा थाक्थाक्मा -लिम्बू), द चिउरी -चेपाङ), नाराम -मगर), महिटा -तमु) र गेइटालागा

-फिनल्यान्ड) प्रर्दशन गरिनेछ । चलचित्र महोत्सवस्थल धरान सभागृहमा नेवार, थारु, राई, लिम्बू, मगर, शेर्पा तामाङलगायत विभिन्न आदिवासी जनजातीय खानाका  स्टलका साथै आदिवासी जनजाति पुस्तकहरूको स्टल पनि राखिनेछन् ।




Wednesday, February 2, 2011

PM assures rights to indigenous community



 
 
RSS
KATHMANDU, Jan 29: Prime Minister Madhav Kumar Nepal has said the indigenous community should exert pressure on the concerned bodies to ensure its rights in the new statute.

Addressing the second general convention of the Indigenous Nationalities Youth Federation here Saturday, the Prime Minister said the rights, identity, employment and other issues of the indigenous community are being incorporated in the proposed new constitution. 


Prime Minister Nepal further said the rights guaranteed by the International Labour Organization (ILO) for the indigenous community can be included in the new constitution.

On the occasion, Constituent Assembly (CA) Chairman Subas Chandra Nemwang said the youth should be aware and create pressure to ensure the rights of the indigenous community.

Speaking at the programme Chief of Young Communist League, lawmaker Pasang Sherpa, UML leader Karna Thapa and others from the indigenous community urged all to pile pressure for the PLA combatants´ integration and constitution drafting.

On the occasion, CA Chairman Nemwang and Chief of Army Staff Chhatraman Singh Gurung were feted. Likewise, Pradhumna Lal Pradhananga, Pasang Lhyamu Sherpa were honored with the posthumous awards.
 
Published on 2011-01-29 18:58:33

http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=27692