Pages

Wednesday, October 2, 2013

गोरखाको आदिवासीका पानीका मुहानमा पहुँचमाथि अवरोध गरिएको सम्बन्धि उजुरीमा अख्तियारको प्रतिक्रिया

१५ असोज २०७०

गोरखाको आदिवासी समुदायका पानीका परम्परागत मुहानमा पहुँचमाथि अवरोध गरिएको सम्बन्धि गरिएको अनौपचारिक उजुरीको प्रतिक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी सम्बन्धित निकायमा पेश गरिएको जानकारी दिएको छ ।

जिल्लाको बक्रांग गाविसका आदिवासी गुरुङ र मगरहरुले खानेपानी, सिंचाई लगायतका प्रयोजनका लागि परापुर्वकालदेखि प्रयोग गर्दै आएका गाउँका दुई मुहानको सार्वजनिक जग्गा केही स्थानीय र जग्गा दर्ता तथा नापजाँचका अधिकारीहरुको मिलेमतोमा २०६४ सालमा व्यक्तिको नाममा बेचिएको थियो । समुदायलाई कुनै जानकारी बेगर जग्गाधनीले २०६९ साल असारमा पानीको मुहान थुनी अन्य गाउँमा बेच्ने कार्य थालनी गर्दा समुदायले विरोध गरेपछि निर्माण कार्य रोकिएको थियो ।

तथापि, समुदायको विरोधको बावजुद स्थानीय प्रहरी र प्रशासनको सहयोगमा जग्गाधनीले २०७० साल बैशाखबाट    पानी बेच्न थालेका छन् भने तिनले यसको विरुद्ध पेश गरिएको समुदायको निवेदन पनि दर्ता गर्न अस्वीकार गरिआएको अवस्था छ । अझ विरोधको क्रममा विभिन्न समयमा प्रहरी र प्रशासनबाट समुदायका प्रतिनिधिहरुलाई कुटपिट गर्ने तथा ज्यानको धम्की दिने र थुनामा हाली ठुलो रकम धरौटी तिराउने कार्य भएको छ । 

२०७० असार ७ गते स्थानीय संघर्ष समितिले लाहुर्निपको सहयोगमा समुदायका परम्परागत पानीका मुहान निरन्तर प्रयोग गर्न पाउने अधिकारको संरक्षण गर्न र अधिकार उल्लङ्घनमा जिम्मेवार पक्षमाथि कारवाहीको सिफारिश गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ ।

उक्त उजुरी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Source: LAHURNIP 

No comments:

Post a Comment